४८९० परीक्षार्थीमध्ये ७६ जना मात्र पास
काठमाडौ, १७ मंसिर । लोकसेवा आयोग कर्णाली प्रदेश सुर्खेतले स्वास्थ्य समूह तर्फको लिखित परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।
आयोगले सूचना जारी गर्दै अहेब पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
लिखित परीक्षामा ४८९० जना सहभागी भएकोमा ७६ जनाले मात्र नाम निकाल्न सफल भएका छन् । लिखित परीक्षामा सहभागीहरुको अन्तर्वाता पुस ११ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने छ । अन्तर्वातामा जाँदा आवस्यक सक्कल प्रमाणपत्र तथा फोटो बुझाउन भनिएको छ ।
हेरौं लिखितमा नाम निकाल्ने अहेबः