• आइतबार, १ कात्तिक २०८३
  • images

    पुस–माघसम्म ३ करोड २३ लाख कोरोना खोप आइसक्ने स्वास्थ्य राज्य मन्त्रीको दाबी

    पुस–माघसम्म ३ करोड २३ लाख कोरोना खोप आइसक्ने स्वास्थ्य राज्य मन्त्रीको दाबी

    सोमबार, साउन १८ २०७८
    सोमबार, साउन १८ २०७८
    पुस–माघसम्म ३ करोड २३ लाख कोरोना खोप आइसक्ने स्वास्थ्य राज्य मन्त्रीको दाबी


    काठमाडौं । 
    स्वास्थ्य तथा जनसंख्या मन्त्री उमेश श्रेष्ठले आगामी पुस–माघसम्म ३ करोड २३ लाख डोज कोरोना खोप आइसक्ने दाबी गर्नुभएको छ । आफ्नो १०० दिने कार्ययोजना आज सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले खोप खरिद तथा आयातबारे जानकारी दिनुभएको छ । चीनले अनुदानमा दिएको १६ लाख र जापानले दिएको १६ लाख खोप दुई साताभित्र आइसक्नेछ । भुटानले दिएको ३ लाख डोज खोप पनि छिट्टै आइपुग्ने उहाँले जानकारी दिनुभयो ।
    चीनको सिनोफार्म कम्पनीसँग ६० लाख खोप खरिदका लागि सम्झौता भइसकेको छ । अघिल्लो सरकारले नै यसको प्रक्रिया अघि बढाएको र आफू आएपछि सम्झौतामा हस्ताक्षर भएको स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले जानकारी दिनुभयो । अमेरिकी कम्पनी जोनसन एण्ड जसनसको ५० लाख, फाइजरको ४० लाख र एस्ट्राजेनेकाको २० लाख खोप खरिदको प्रक्रिया पनि अघि बढेको स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।
    १२ देखि १८ वर्ष उमेर समूहलाई हुने फाइजरको ६० लाख खोप खरिद प्रक्रिया प्रारम्भ भएको भन्दै उहाँले आगामी पुस माघसम्म २ करोड २३ लाख खोप उपलब्ध हुने दाबी गर्नुभयो ।

    हालसम्म ९७ लाख खोप आइसकेको र कोभ्याक्स कार्यक्रममार्फत पनि १ करोड १३ लाख डोज खोप आउँदा ५ करोड २२ लाख ८२ हजार खोप उपलब्ध हुने उनले बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार