• शनिबार, १ कात्तिक २०८३
  • images

    मत माग्ने क्रममा पूर्व स्वास्थ्य मन्त्री विरोध खतिवडालाई स्थानीयद्धारा हातपात

    मत माग्ने क्रममा पूर्व स्वास्थ्य मन्त्री विरोध खतिवडालाई स्थानीयद्धारा हातपात

    हेल्दीखबर
    मंगलबार, कात्तिक २२ २०७९
    हेल्दीखबर
    मंगलबार, कात्तिक २२ २०७९
    मत माग्ने क्रममा पूर्व स्वास्थ्य मन्त्री विरोध खतिवडालाई स्थानीयद्धारा हातपात

     

    हेटौंडा, २२ कात्तिक । पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडालाई स्थानीयले कुटपिट गरेका छन्।

    images

    मकवानपुर प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर–२ बाट गठबन्धनको तर्फबाट उम्मेदवार खतिवडालाई घरदैलो अभियानका क्रममा  स्थानीयले कुटपिट गरेका हुन् ।

    पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–४ मा भोट माग्न पुग्दा खतिवडालाई गाडीबाट ओर्लनसाथ स्थानीय पुरुषोत्तम खड्काले दुई झापड हान्नुभएको थियो । 
    खतिवडामाथि हातपात भएपछि इलाका प्रहरी कार्यालय नेवारपानीले खड्कालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको बताउनुभयो।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार