• सोमबार, १५ भदौ २०८३
  • images
    धन्वन्तरी दिवस

    आयुर्वेद चिकित्सा सरकारको प्राथमिकतामा

    आयुर्वेद चिकित्सा सरकारको प्राथमिकतामा

    हेल्दीखबर
    आइतबार, कात्तिक ६ २०७९
    हेल्दीखबर
    आइतबार, कात्तिक ६ २०७९
    आयुर्वेद चिकित्सा सरकारको प्राथमिकतामा


    काठमाडौँ, कात्तिक ६ गते । आयुर्वेदका प्रवर्तक धन्वन्तरीको स्मरणमा देशभर धन्वन्तरी तथा  राष्ट्रिय आरोग्य दिवस मनाइयो ।
    ‘स्वस्थ पर्यावरण र मावन स्वास्थ्यका लागि आयुर्वेद’ भन्ने नाराका साथ धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस मनाइएको हो । 

    No description available.
     हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन देशभरका आयुर्वेद अस्पताल तथा संस्थाहरुमार्फत धन्वन्तरी दिवस मनाउने गरिन्छ । 
     धन्वन्तरि तथा राष्ट्रिय आरोग्य दिवसका अवसरमा नरदेवी आयुर्वेदिक चिकित्सालयले एक कार्यक्रमको आयोजना गर्दै धन्वन्तरी तथा राष्ट्रिय आरोग्य दिवस मनाएको छ ।  

    No description available.
     नरदेवी आयुर्वेद चिकित्सालयले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव देवकुमारी गुरागाँइले आयुर्वेदिक उपचारमा मानिसको रुचि बढेको बताउनुभयो । उहाँले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयुर्वेदलाई महत्व दिएको बताउनुभयो । 

    No description available.
     काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आयुर्वेद चिकित्सालाई महानगरले प्राथमिकता दिएको बताउनुभयो । महानगरले नसर्ने रोगको लागि काम गरीरहेको बताउनुभयो । उहाँले नसर्ने रोगमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा प्रभावकारी हुने बताउनुभयो । मेयर शाहले नसर्ने रोग नियन्त्रणमा महानगरले नरदेवी आयुर्वेदिक अस्पताल तथा अन्य स्वास्थ्यसंस्थासंग सम्झौता गर्ने जानकारी दिनुभयो । 

    No description available.
    नरदेवी आयुर्वेदिक चिकित्सालयका निर्देशक डा.प्रदीप केसीले सरकारले केन्द्रीय अस्पतालको रुपमा रहेको चिकित्सालयले आयुर्वेदिक क्षेत्रमा ठूलो फड्को मारेको बताउनुभयो । उहाँले अस्पतालमा बिरामीको चाप बढ्दै गएको जानकारी दिदै अस्पतालले आफै कमाएर कर्मचारीलाई भत्ता दिन समेत सक्षम भएको बताउनुभयो । 

    No description available.
    आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले सरकारको प्राथमिकतामा आयुर्वेद पर्न नसकेको बताउनुभयो । आयुर्वेदमा अनुसन्धान तथा उपचारको लागि बजेट अभाव भएको बताउनुभयो । आयुर्वेदमा स्वास्थ्य क्षेत्रको कुल दुई प्रतिशत बजेट आएपनि सबैभन्दा धेरै रकम कर्मचारीको तलबभत्तामा सकिने गरेको छ । 

    No description available.

     डा.जया सत्यालका अनुसार परापूर्व कालमा  धन्वन्तरीले मानिसलाई स्वस्थ राख्न तथा निरोगी राख्नलाई ठूलो भूमीका रहेको छ । 
     आयुर्वेदकर्मीहरु धन्वन्तरीलाई स्वास्थ्य क्षेत्रकै पहिलो चिकित्सकको रुपमा लिने गर्दछन् । 

     

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार