• सोमबार, २ कात्तिक २०८३
  • images

    अस्पताल धेरै खोल्दैमा निरोगी नेपाल बनाउन सकिँदैन 

    अस्पताल धेरै खोल्दैमा निरोगी नेपाल बनाउन सकिँदैन 

    हेल्दीखबर
    शनिबार, कात्तिक ५ २०७९
    हेल्दीखबर
    शनिबार, कात्तिक ५ २०७९
    अस्पताल धेरै खोल्दैमा निरोगी नेपाल बनाउन सकिँदैन 

    काठमाडौं । अस्पताल मात्र धेरै खोल्दैमा निरोगी नेपाल बनाउन नसकिने र त्यसका लागि स्वस्थ जीवनशैली अपनाउन नागरिकलाई प्रेरित गर्न जरुरी रहेको आयुर्वेद विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले बताए  ।शुक्रबार धनमन्तरी जयन्ती तथा राष्ट्रिय आयुर्वेद दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दैं डा उपाध्यायले अझै पनि आयुर्वेद जडीबुटी मात्र हो भन्ने आम बुझाई रहेको भन्दै आयुर्वेद जडीबुटी मात्र नभएर यो व्यक्तिलाई कसरी स्वस्थ राखिरहने भन्ने कला सिकाउने विज्ञान भएको जनाए ।

    कोरोना भाइरसबाट बच्न मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउनसमेत आयुर्वेद चिकित्सा पद्धति प्रभावकारी प्रमाणित भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना भाइरसको उपचारमा आयुर्वेद औषधिको प्रभावकारिताका विषयमा अनुसन्धानसमेत शुरु गरेको जनाएको छ।

    images

    कार्यक्रममा सहभागी विभागका चिकित्सकहरुले आयुर्वेद चिकित्सा नेपालको मौलिक चिकित्सा पद्धति भएको भन्दै यसलाई अवलम्बन गर्दै आफूलाई स्वस्थ राख्न सबैले पहल गर्नुपर्नेमा जोड दिएका थिए । यसका साथै आयुर्वेदमा अनुसन्धान पनि कम भएको भन्दै यसमा पनि जोड दिन आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार