• शुक्रबार, ३० असोज २०८३
  • images

    एमालेको आरोपः डेंगु नियन्त्रणमा सरकार असफल भयो

    एमालेको आरोपः डेंगु नियन्त्रणमा सरकार असफल भयो

    हेल्दीखबर
    बुधबार, असोज ५ २०७९
    हेल्दीखबर
    बुधबार, असोज ५ २०७९
    एमालेको आरोपः डेंगु नियन्त्रणमा सरकार असफल भयो
    फाइल फोटो

    काठमाडौँ । नेकपा एमालेले देशव्यापी रुपमा फैलिएको डेंगु रोग नियन्त्रणका लागि सरकारी संयन्त्र असफल भएको आरोप लगाएको छ । 

    नेकपा एमालेका स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईद्धारा जारी  विज्ञप्तिमा सरकारले सक्रियता नेदेखाउँदा देशव्यापी रुपमा  डेंगु फैलिएको जनाइएको छ। 

    images

    ‘रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपर्थ्यो त्यसमा सरकार चुकेको छ। सरकारी संयन्त्र असफल भएको छ।’ विज्ञप्तिमा भनिएको छ।
    हजारौंको संख्यामा विरामीहरु स्वास्थ्य परिक्षणको अभावका कारण घरमै छटपटाउन बाध्य छन्ु विज्ञप्तिमा भनिएको छ, ुस्वास्थ्यकर्मीहरुसमेत संक्रमित भएका कारण बिरामीको उपचारमा समस्या उत्पन्न भएको छ। सिटामोल लगायत अतिआवश्यक औषधिको अभाव भएको छ।’

    डेंगु रोगको मुल स्रोत लामखुट्टे नियन्त्रणका लागि समुदायस्तरमा परिचालन, बिरामीको पहिचान र परीक्षणलाई व्यापक र सहज बनाउन, अस्पतालको सेवा विस्तार गर्न, जनशक्ति र बजेट थप गर्न, तिनै तहका सरकारलगायत विभिन्न सरकारीरगैरसरकारी निकायका बीचमा समन्वयात्मक परिचालन गर्न, सिटामोल लगायतका औषधी सहज रुपमा उपलब्ध गराउन एमालेले माग गरेको छ।

    ु

    प्रतिक्रिया दिनुहोस
    थप समाचार