• बिहीबार , २९ असोज २०८३
  • images
    images

    अस्पतालमा रगत अभाव हुन नदिन रक्तदान

    अस्पतालमा रगत अभाव हुन नदिन रक्तदान

    हेल्दीखबर
    शनिबार, असोज १ २०७९
    हेल्दीखबर
    शनिबार, असोज १ २०७९
    अस्पतालमा रगत अभाव हुन नदिन रक्तदान

    काठमाडौँ । डेँगु रोगको संक्रमण फैलिएर अस्पतालहरुमा रगतको  अभाव हुन नदिनका लागि नेपाल मानव धर्म सेवा समिति र लायन्स क्लव अफ काठमाडौँ ब्राभोले संयुक्त रुपमा रक्तदान कार्यक्रम गरेका छन् ।
     ‘रक्तदान जीवनदान, आत्मज्ञान अति महान, सेवा गर्ने हाम्रो अभियान’ नारामा साथ मानव धर्मका प्रणेता सतपालजी महाराजको जन्मोत्सवका अवसरमा आयोजनो गौशालामा शुक्रबार  आयोजना गरिएको रक्तदान कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा अध्यक्ष ८ नम्बर आशाराम संगतले रक्तदान गरेर कार्यत्रमको उद्घाटन गर्नुभयो । उहाँले विपद्का समयमा मानिसको जीवन बचाउनका लागि रगतदान सबैभन्दा ठूलो बरदान भएको बताउनुभयो । 
     प्रहरी वृत्त गौशलाका प्रमुख सन्जीवबाबु खड्काले आफूले पनि रक्तदान गर्दै डेँगु रोगकोे संक्रमण फैलिएर भयावह भइरहेको अवस्थामा स्वःस्र्फतरुपमा रक्तदान गर्नु र गराउनु महत्वपूर्ण भएको बताउनुभयो । 
     इन्द्रिणी कार्यक्रमका सञ्चालक कृष्ण कँणेलले मानवको जीवन रक्षाका लागि रक्तदान सबैभन्दा महत्वपूर्ण कार्य भएको भन्दै आफूले रक्तदानजस्ता सामाजिक काममा सधै सहयोग गर्ने बताउनुभयो । 
     रक्तदान कार्यक्रमका संयोजक नवीन कोइरालाले अस्पतालहरुमा रगतको अभावका कारण कुनै पनि विरामीको मृत्यु हुन नपरोस र सानो सहयोग भएपनि गर्न सकियोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरेको बताउनुभयो । 
     कार्यक्रममा ७१ पिन्ट रक्त संकलन भएको थियो भने उक्त रगत आजै ज्ञानेश्वरस्थित हिमाल अस्पताललाई प्रदान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार