काठमाडौं, १३ असार । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बसेको बैठकले निषेधाज्ञाको मोडालिटीबारे निर्णय गर्न सकेन ।
निषेधाज्ञाको मोडालिटी कस्तो बनाउने भन्ने विषयमा छलफल भए पनि थप क्षेत्र खुला गर्ने वा नगर्ने भन्ने विषय अन्यौलमै रहेको छ ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले निषेधाज्ञा जारी राख्ने वा सार्वजनिक गाडी चल्न दिने भन्ने विषयमा बैठकमा छलफल भएपनि निश्कर्षमा पुग्न नसकिएको बताउनुभयो ।
सोमबार विहान बस्ने बैठकले यस विषयमा निर्णय लिने छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि सोमबार राति १२ बजेपछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।