• आइतबार, २ कात्तिक २०८३
  • images

    कोरोनाबाट २ जनाको मृत्यु, ७८१ जना संक्रमित

    कोरोनाबाट २ जनाको मृत्यु, ७८१ जना संक्रमित

    हेल्दीखबर
    शुक्रबार, साउन २७ २०७९
    हेल्दीखबर
    शुक्रबार, साउन २७ २०७९
    कोरोनाबाट २ जनाको मृत्यु, ७८१ जना संक्रमित

    काठमाडौ । कोरोना संक्रमणबाट शुक्रबार २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये दुई जनाको मृत्यु भएको हो । अघिल्लो दिन ५ जना संक्रमितको मृत्यु भएको थियो । यस्तै पछिल्लो चौबिस घण्टामा देशभर थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  ४ हजार ७१२ नमुना परीक्षण गर्दा ७८१ जनामा संक्रमण पुष्टि भएको हो ।

    images

    सोही अवधीमा थप ५११ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । 

    काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा २१२, ललितपुरमा ६३ र भक्तपुरमा १९ जना संक्रमित भेटिएका छन् ।

    त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ७७५ रहेको छ । जसमध्ये होम आइसोलेसनमा ५ हजार ५६५ जना र संस्थागत आइसोलेसनमा २१० जना रहेका छन् । त्यसैगरी आइसीयूमा ६३ जना र भेन्टीलेटरमा ८ जना संक्रमित उपचाररत रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार