• बुधबार, ४ कात्तिक २०८३
  • images

    सरकारी अस्पतालमा उपचार गर्न आएका बिरामीलाई फिर्ता गर्न हुदैँन : स्वास्थ्यमन्त्री

    सरकारी अस्पतालमा उपचार गर्न आएका बिरामीलाई फिर्ता गर्न हुदैँन : स्वास्थ्यमन्त्री

    हेल्दीखबर
    बिहीबार , साउन १२ २०७९
    हेल्दीखबर
    बिहीबार , साउन १२ २०७९
    सरकारी अस्पतालमा उपचार गर्न आएका बिरामीलाई फिर्ता गर्न हुदैँन : स्वास्थ्यमन्त्री

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले सरकारी अस्पतालमा आएका बिरामीलाई उपचार नगरी फिर्ता गर्न नहुने बताउनुभएको छ । 

    वीर अस्पतालको १३३औँ वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले सरकारी अस्पतालमा आएका बिरामीको उपचार गरेर मात्र फिर्ता गर्नुपर्ने बताउनुभयो । “सरकारी अस्पतालमा आएका बिरामी उपचार नपाएर फिर्ता भयो भने उसको मन कस्तो होला रु”, उहाँले भन्नुभयो, “वीर अस्पतालमा उपचार गर्न आएका बिरामी फिर्ता भएर जाने अर्को ठाउँ छैन, शय्या नभए पनि वैकल्पिक व्यवस्था गरेर उपचार गर्नुपर्दछ ।”

    images

    उहाँले सरकारी अस्पतालप्रति जनताको ठूलो भरोसा रहेकाले गुणस्तरीय उपचार गर्नुपर्ने भनाइ राख्नुभयो । उहाँले अस्पतालले कोभिड–१९ मा खेलेको भूमिकाको सराहना गर्दै अझै गुणस्तरीय स्वास्थ्य सेवामा ध्यान दिनुपर्ने बताउनुभयो ।

    उहाँले अस्पतालले अहिलेसम्म स्वास्थ्य सेवा प्रवाहमा पु¥याएको योगदानको उच्च कदर गर्दैै भविष्यमा पनि अझ सशक्त ढङ्गले स्वास्थ्योपचारलगायतका सेवा पु¥याउनुपर्ने बताउनुभयो । वीर अस्पतालको सरसफाइमा पनि ध्यान दिन उहाँले आग्रह गर्नुभयो । 

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले स्वास्थ्य सेवालाई अझ गुणस्तरीय र सेवामूलक बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तह र प्रदेश तहमा स्वास्थ्य सेवालाई राम्रो बनाएर जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने भनाइ राख्नुभयो ।

    राष्ट्रिय योजना आयोगका सदस्य उमाशङ्कर प्रसादले स्वास्थ्य क्षेत्रको सूचकमा प्रगति देखिए पनि जनताले अझै स्वास्थ्य सेवाको पहुँच राम्रोसँग पाउन नसकेको बताउनुभयो । उहाँले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको चाँडै नै सभा बोलाएर प्रशासनिक र कानुनी अड्चन फुकाउने बताउनुभयो ।

    मन्त्रालयका सचिव देवकुमारी गुरागाईँले अस्पतालले कोभिड–१९ महामारीका बेला खेलेको भूमिकाको सराहना व्यक्त गर्दै अस्पतालले अझै स्वास्थ्य सेवा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

    स्वास्थ्य सचिव डा रोशन पोखरेलले अस्पतालले गुणस्तरीय र विशिष्टकृत सेवा उपलब्ध गराउनुपर्ने बताउनुभयो । उहाँले अस्पतालले नागरिकको जीवनलाई स्वस्थ बनाउन अझै गुणस्तरीय र भरपर्दो चिकित्सकीय सेवा प्रदान गर्नुपर्ने बताउनुभयो । प्रतिष्ठानका उपकुलपति प्रा डा देवनारायण शाहले अस्पतालको बजेट बढाउनुपर्नेमा जोड दिँदै अस्पतालको सामान्य परिस्थिति सिर्जना गरेमा अझ सेवा राम्रो बनाउन सकिने धारणा राख्नुभयो ।

    अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी प्रा डा भूपेन्द्रकुमार बस्नेतले एक वर्षमा चार लाख ३३ हजार १०८ बिरामीको उपचार गरेको जानकारी दिनुभयो । उहाँले देशभरिका बिरामीलाई गुणस्तरीय र सर्वसुलभ सेवा उपलब्ध गराएको बताउनुभयो । 

    उहाँले कोभिड–१९ को महामारीमा अस्पतालले बिरामीको उपचारमा खेलेको भूमिका उल्लेखनीय रहेको भन्दै बिरामीलाई गुणस्तरीय र सर्वसुलभ उपचार प्रदान गरेको बताउनुभयो । विसं १८४३ साउन १२ गते १५ शय्याबाट स्थापना भएको अस्पताल अहिले ४६० शय्याबाट सेवा र ९६० शय्याबाट सेवा प्रवाह गर्ने क्षमता रहेको छ । 

    नेपालमा पहिलोपटक मुटुको सफल शल्यक्रिया, मिर्गौला प्रत्यारोपण र सघन उपचार सेवा ९आइसीयू०को वीर अस्पतालबाट सुरु भएको हो । सन् १९३३ मा नेपालकै पहिलो मेडिकल शिक्षा दिने सिभिल मेडिकल स्कुलको स्थापना भई ड्रेसर, कम्पाउण्डर र नर्सिङ शिक्षाको सुरुआत गरिएको हो ।

    विसं २०५९ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा स्तरोन्नति भई स्वास्थ्य सेवा अस्पतालले प्रदान गरिरहेको छ । अहिले छवटा भवनमा ४२ आकस्मिक कक्ष, ६८ आइसीयू, ५० हाइडिपिडेन्स युनिट ९एचडीयु० र १० सिसीयूकक्षसहित विभिन्न ३२ बहिरङ्ग सेवा उपलब्ध गराउँदै आएको प्रतिष्ठानका रजिष्ट्रार प्रमिला देवानले जानकारी दिनुभयो ।
    –––

    प्रतिक्रिया दिनुहोस
    थप समाचार