• शनिबार, १ कात्तिक २०८३
  • images

    चिकित्सा शिक्षा स्नातक तहमा छात्रवृत्तितर्फ तेस्रो पूर्व भर्नासूची प्रकाशित

    चिकित्सा शिक्षा स्नातक तहमा छात्रवृत्तितर्फ तेस्रो पूर्व भर्नासूची प्रकाशित

    हेल्दीखबर
    बुधबार, साउन ४ २०७९
    हेल्दीखबर
    बुधबार, साउन ४ २०७९
    चिकित्सा शिक्षा स्नातक तहमा छात्रवृत्तितर्फ तेस्रो पूर्व भर्नासूची प्रकाशित


    काठमाडौ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तितर्फ योग्यताक्रम र प्राथमिकताका आधारमा म्याचिङ हुने उम्मेदवारको तेस्रो पूर्व भर्ना सूची प्रकाशन गरेको छ । 

    चिकित्सा शिक्षा आयोगले दोस्रो चरणको भर्ना पश्चात बाँकी रहेका सिटका लागि मंगलबार  तेस्रो भर्ना सूची प्रकाशन गरेको हो । 

    images

    विद्यार्थीहरुलाई यस पूर्वभर्ना सूची स्वीकार, अस्वीकार वा परित्याग गर्नका लागि साउन ४ गते अपरान्ह ५ बजेसम्मको समय दिइएको छ । आयोगका अनुसार स्वीकार गर्ने उम्मदवारको भर्ना सूचीमा नाम प्रकाशन हुनेछ । 
    तेस्रो भर्ना सूची अस्वीकार गर्ने उम्मेदवारलाई सशुल्कतर्फको म्याचिङमा समावेश गर्ने जानकारी आयोगले दिएको छ । 
    हेरौंसूचनाः

    प्रतिक्रिया दिनुहोस
    थप समाचार