• शनिबार, १ कात्तिक २०८३
  • images

    चिकित्सा शिक्षा स्नातक तर्फको भर्ना प्रक्रिया रोकियो

    चिकित्सा शिक्षा स्नातक तर्फको भर्ना प्रक्रिया रोकियो

    हेल्दीखबर
    शुक्रबार, असार १० २०७९
    हेल्दीखबर
    शुक्रबार, असार १० २०७९
    चिकित्सा शिक्षा स्नातक तर्फको भर्ना प्रक्रिया रोकियो


    काठमाडौं ।   चिकित्सा शिक्षा स्नातक तहको नयाँ शैक्षिक शत्रको पढाइका लागि जारी सबै प्रक्रिया रोक्न सर्वोच्च अदातलले आदेश दिएको छ। 
    सर्वाेच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र प्रकाश कुमार ढुंगानाको इजलासले एकीकृत प्रवेश परीक्षा पछिका सबै प्रक्रिया तत्कालका लागि रोक्न चिकित्सा शिक्षा आयोगलाई अन्तरिम आदेश दिएको हो। 
    सर्वाेच्चले असार १९ गते अन्तिम फैसला सुनाउने भन्दै सो समयसम्मका लागि जारी सबै प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको हो। रिट निवेदक  सुरज यादवले चिकित्सा शिक्षा आयोगले गत चैत्र १८ देखि २० गतेसम्म चिकित्सा शिक्षा स्नातक तहका लागि एकीकृत प्रवेश परीक्षा सञ्चालन गरेको जानकारी दिदै  एकीकृत प्रवेश परीक्षाको नतिजा केही विद्यार्थीहरुले प्रश्न उठाएपछि सर्वोच्चमा रिट परेको थियो।  
     रोलनम्बर लेख्न तथा बललमा गोलो लगाउन बिर्सिएका विद्यार्थीको नतिजा रद्ध गरिएको थियो। सामान्य त्रुटीकै भरमा नतिजा रद्ध गरिएको भन्दै विद्यार्थीहरुले नतिजा निकाल्न माग गर्दै विद्यार्थीहरु आन्दोलित भएका थिए। कुनै सुनुवाइ नभएको भन्दै विद्यार्थीहरुले सर्वाेच्च अदालतमा रिट निवेदन दिएका थिए। 
    यस विषयमा चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाइ २ वटा रिट दायर गरिएको थियो।
    भुवन बोहरासहितका विद्यार्थीले प्रक्रिया स्थगित गरी आफूहरुको नतिजा निकाल्नु पर्ने माग गरेका थिए । सर्वाेच्च अदालतमा रिट दायर भएको अवस्थामा पनि आयोगले प्रक्रिया नरोकेको भन्दै सुरज यादवसहितका विद्यार्थीहरुले आयोगविरुद्ध अवहेलना मुद्दा दायर गरेका थिए। 
    दुवै रिटमाथिको सुनुवाइपछि सर्वाेच्चले अन्तिरिम आदेश दिएको हो । अब कि आफूहरुको नतिजामा निकाल्नु पर्ने कि पुनः प्रवेश परीक्षा गर्नुपर्ने माग विद्यार्थीहरुको छ। 
    अहिलेसम्म सर्वाेच्चको आदेशबारे कुनै जानकारी नआएकाले यसबारे केही भन्न नसक्ने चिकित्सा शिक्षा आयोगका सदस्य सचिव डा.भोजराज काफ्लेले बताउनुभयो । ‘अन्तरिम आदेश कस्तो आयो अहिलेसम्म हामीले पाएका छैनौ’ डा. काफ्लेले भन्नुभयो,  ‘यसबारे अहिले केही भन्न सकिँदैन आदेश हाता परेपछि मात्रै बोल्न सकिन्छ। ’
    आयोग अहिले छात्रवृत्तितर्फका विद्यार्थीको भर्नाका लागि अन्तिम सूची प्रकाशन गर्ने तयारीमा छ । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार