• सोमबार, २ कात्तिक २०८३
  • images

     शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुने

     शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुने

    हेल्दीखबर
    शुक्रबार, असार ३ २०७९
    हेल्दीखबर
    शुक्रबार, असार ३ २०७९
     शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुने

      काठमाडौं । शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई स्थगित गरेको छ  अस्पतालका कार्यकारी निर्देशक डा दिनेश काफ्लेले शुक्रबार सूचना जारी स्वास्थ्य बिमा बाट हुँदै आएको उपचार सेवा बन्द गरेको जानकारी दिनुभएको छ।  स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमवापतको रकम उपलब्ध नगराएको तथा अन्य प्राविधिक कारण बिमा कार्यक्रम स्थगित गर्नुपरेको उहाँको भनाइ छ।
    'यस अस्पतालबाट सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बिमितको उपचार सेवा गरेवापतको रकम स्वास्थ्य बीमा बोर्डले उपलब्ध नगराएकाले असार १५ गतेदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरिएको छ', सूचनामा भनिएको छ। अस्पतालले २०७७ साल मङ्सिरदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको थियो।
    अस्पतालले २०७७ मंसिर महिना देखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको थियो। 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार