काठमाडौँ । पछिल्लो चौबिस घण्टामा देशभर थप १७ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ९१५ जनाको पीसीआर नमुना परीक्षण गर्दा ७ जनामा कोरोना पुष्टि भएको छ । यस्तै एक हजार १५५ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टी भएको हो ।यही अवधीमा थप ७ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
त्यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १ सय ९ रहेको छ ।