• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

    १६ दिने शिशु हत्या प्रकरणः किशोरीलाई गर्भधारण गराउने युवक मुस्ताङमा

    १६ दिने शिशु हत्या प्रकरणः किशोरीलाई गर्भधारण गराउने युवक मुस्ताङमा

    हेल्दीखबर
    बुधबार, जेठ २५ २०७९
    हेल्दीखबर
    बुधबार, जेठ २५ २०७९
    १६ दिने शिशु हत्या प्रकरणः किशोरीलाई गर्भधारण गराउने युवक मुस्ताङमा


    दाङ ।  १६ दिने  नवजात शिशुको हत्या गर्ने १५ वर्षीया किशोरीलाई गर्भधारण गराउने पुरुष मुस्ताङमा रहेको खुलेको छ । बुधबार राप्ती गाउँपालिका–३ निवासी १५ बर्षीया  दलित समुदायकी अविवाहित  एक किशोरीले आफ्नो १६ दिने शिशु (छोरी) लाई सेफ्टी ट्याङ्कीमा फालेर हत्या गरेको घटना बाहिरिएको थियो । त्यसलगत्तै प्रहरी नियन्त्रणमा रहेकी किशोरीले आफुलाई गर्भधारण गराउने पुरुषका बारेमा  पोल खोलेकी छन् ।
    उनले आफुलाई सोही वडाका स्थानीय युवक २२ वर्षीय विकास घर्तीमगरले गर्भधारण गराएको बताएकी हुन् । घर्तीमगर अहिले रोजगारीका सिलसिलामा मुस्ताङमा रहेको र उनलाई झिकाउने तयारी भैरहेको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिनुभयो । 
    घरको आर्थिक अवस्था दयनीय रहेको र सुत्केरी अवस्थामा आवश्यक पौष्टिक आहरा नपाएका कारण किशोरीको स्वास्थ्य अवस्था कमजोर भएको छ । किशोरीलाई   अहिले प्रहरीको निगरानीमा राप्ती विज्ञान प्रतिष्ठानमा उपचारार्थ राखिएको  छ । किशोरीले जेठ ९  गते छोरीलाई जन्म दिएकी थिइन् ।
    रातोपाटीबाट

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार