• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

    ८ महिनाको बालकसहित एकै परिवारका ४ जनाको हत्या

    ८ महिनाको बालकसहित एकै परिवारका ४ जनाको हत्या

    हेल्दीखबर
    शुक्रबार, कात्तिक १० २०८०
    हेल्दीखबर
    शुक्रबार, कात्तिक १० २०८०
    ८ महिनाको बालकसहित एकै परिवारका ४ जनाको हत्या

    कात्तिक, १० काठमाडौं । मुगुमा एकैपरिवारका ४ जनाको हत्या भएको छ ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार छायाँनाथ रारा नगरपालिका–६,  स्थानीय श्रीदेवी बोहोरासहित उनका दुई छोरा र एक छोरीको हत्या गरिएको अवस्थामा शव भेटिएको हो ।


    मुगुका डीएसपी वीरेन्द्र थापाले मृत्यु हुनेमा श्रीदेवी बोहोरासहित श्रीदेवीकी ११ वर्षीया छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र ८ महिनाका छोरा रहर छन् ।


    परिवारका सदस्यले श्रीदेवीलाई नभेटेपछि खोज्दै जादा  घरमा आउँदा रगत देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा नेपालबाहिर रहेको पाइएको डीएसपी थापाले बताए । 
      शुक्रबार बिहान पौने १० बजेतिर खबर आएपछि घटनास्थलमा पुगेर अनुसन्धान गरिएको थियो।
    घटना कम्तिमा दुई दिनअघिको हुनसक्ने अनुमान गरिएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार