• मंगलबार, ३ कात्तिक २०८३
  • images

    स्वास्थ्य मन्त्रीमा बढुवा भवानी खापुङ ९ जनाको टोली सहित ईजिप्ट भ्रमणमा 

    स्वास्थ्य मन्त्रीमा बढुवा भवानी खापुङ ९ जनाको टोली सहित ईजिप्ट भ्रमणमा 

    जेठ २६ पछि स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हाल्ने

    हेल्दीखबर
    आइतबार, जेठ २२ २०७९
    हेल्दीखबर
    आइतबार, जेठ २२ २०७९
    स्वास्थ्य मन्त्रीमा बढुवा भवानी खापुङ ९ जनाको टोली सहित ईजिप्ट भ्रमणमा 

    काठमाडौं । स्वास्थ्य राज्यमन्त्रीबाट स्वास्थ्य मन्त्रीमा बढुवा हुनुभएका भवानीप्रसाद खापुङ इजिप्ट भ्रमणमा हुनुहुन्छ । 
    उहाँ शनिबार ईजिप्टमा सुरु भएको प्रकोप व्यवस्थापन सम्वन्धी कार्यक्रममा भाग लिन इजिष्ट जानुभएको हो । उहाँसंगै ९ जनाको टोली इजिप्ट भ्रमणमा गएको छ । 
     खापुङको सचिवालयका अनुसार उहाँ २६ जेठ नेपाल आउँदै हुनुहुन्छ । 
    उहाँले नेपाल फर्केपछि मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जिम्मेवारी सम्हाल्नुहुनेछ । 
    खापुङ तेह्रथुमबाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहो । उहाँ २०७० को संविधान सभामा पनि सदस्यमा पनि निर्वाचित  हुनुभएको थियो । 
     यस्तै दाङबाट निर्वाचित सांसद हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा सिफारिस गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार