• आइतबार, १४ भदौ २०८३
  • images

     रक्तचाप र सुगरको मात्रा बढेपछि स्वास्थ्य राज्यमन्त्री वली अस्पताल भर्ना

     रक्तचाप र सुगरको मात्रा बढेपछि स्वास्थ्य राज्यमन्त्री वली अस्पताल भर्ना

    हेल्दीखबर
    बुधबार, असार १ २०७९
    हेल्दीखबर
    बुधबार, असार १ २०७९
     रक्तचाप र सुगरको मात्रा बढेपछि स्वास्थ्य राज्यमन्त्री वली अस्पताल भर्ना

      काठमाडौ । रक्तचाप र सुगरको मात्रा बढेपछि लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली अस्पतालमा भर्ना हुनुभएको छ।  मंगलबार बिहान दाङको तुलसीपुरमा आफ्नो प्रेमीको श्रीमति र उहाँकि छोरीलाई अभद्र व्यवहार गरि कुटपिट गरेको आरोपमा पक्राउ गरी मंगलबार राति बुटवल ल्याइएकी वली लुम्बिनी प्रादेशिक अस्पताल भर्ना हुनुभएको हो। अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालले राज्यमन्त्री वली मंगलबार राति १ बजेतिर बेहोस अवस्थामा अस्पताल आएको जानकारी दिनुभयो। उहाँले मेडिकल विभागका फिजिसियनहरुले चेकजाँच गर्दा रक्तचाप बढी र सुगरको मात्रा पनि बढी देखिएको जानकारी दिनुभयो।
    वलीलाई क्याबिनमा भर्ना गरेर उपचार भइरहेको छ। रगत लगायत अन्य जाँचको रिपोर्ट आउन बाँकी रहेको र स्वास्थ्य अवस्था स्थिर रहेको डा ढकालले बताउनुभयो ।

    संसद् चलिरहेको र वहालवाला मन्त्री भएका कारण प्रदेश सरकारको आग्रहमा राति ११ बजे खत्रीलाई बुटवल पठाइएको जिल्ला प्रहरी प्रमुख एस्पी सुरेश काफ्लेले बताउनुभयो। उहाँ विरुद्ध तुलसीपुर उपमहानगरपालिका ५ बसपार्ककी २७ वर्षीया मिना भण्डारी बस्नेतले मंगलबार अभद्र व्यवहारमा इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिनुभएको छ। जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए पनि दर्ता हुन सकेको छैन।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार