काठमाडौं । ललितपुरको अक्सिजन प्लान्टमा विस्फोट हुँदा १ जनाको मृत्यु भएको छ। विस्फोटमा अन्य ६ जना घाइते भएका छ्न । पाटन औद्योगिक क्षेत्रमा रहेको अक्सिजन प्लान्टमा विस्फोट भएको हो । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक यज्ञ विनोद पोखरेलले औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन भर्ने क्रममा विस्फोट भएको जानकारी दिनुभयो ।
प्रहरीका अनुसार अक्सिजन भर्ने क्रममा एउटा सिलिण्डर विस्फोट भएको थियो। एउटा सिलिण्डर विस्फोट हुँदा नजिकै रहेका अन्य सिलिण्डर पनि विस्फोट भएको जानकारी प्राप्त भएको एसएसपी पोखरेलले जानकारी दिनुभयो ।