• शनिबार, १ कात्तिक २०८३
  • images

    कर्णालीका उपकुलपति डा.रावलको एकवर्षे कार्यकालः एमविविएस अध्ययनदेखि विशेषज्ञ सुविधासम्म

    कर्णालीका उपकुलपति डा.रावलको एकवर्षे कार्यकालः एमविविएस अध्ययनदेखि विशेषज्ञ सुविधासम्म

    हेल्दीखबर
    सोमबार, चैत २१ २०७८
    हेल्दीखबर
    सोमबार, चैत २१ २०७८
    कर्णालीका उपकुलपति डा.रावलको एकवर्षे कार्यकालः एमविविएस अध्ययनदेखि विशेषज्ञ सुविधासम्म

    काठमाडौ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलले आफूले एक वर्षभित्र गरेका कार्यको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ । उहाँले आफू उपकुलपति भएदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  एमबीबीएस पढाइदेखि विशेषज्ञ सेवा सञ्चालन भइरहेको  छ । शिक्षा तथा उपचारतर्फ पनि सेवा विस्तार हुँदा भौतिक पूर्वाधारको अभाव देखिएको छ ।  चिकित्सा शिक्षा आयोगबाट पहिलो पटक एमबीबीएस, बीएनएस बी फर्मा लगायत नयाँ कार्यक्रमको निरीक्षण गराइ यी सबै बिषयमा अध्ययनका निम्ति अनुमति लिन सफल भएकोमा खुसी व्यक्त गर्नुभयो । गत चैत २२ गते रावल प्रतिष्ठानको उपकुलपतिमा नियुक्त हुनु भएको थियो। हल प्रतिष्ठानमा २० सिटबाट एमबीबीएसको पढाइ सुरु भएको छ ।

    रावलले २५ बेडको एचडीयू सेवा ५० बेडमा स्तरोन्नति गर्न सफल भएको जानकारी दिनुभयो ।  ६ बेडको सघन बालरोग उपचार कक्षको निर्माण भइरहेको तथा थप ६ बेडको मेडिकल आइसीयू स्थापना भएको छ । थप ६ वटा भेन्टिलेटरसहित जम्मा १८ वटा भेन्टिलेटरको व्यवस्था गरिएको छ । प्रतिष्ठानलाई यो स्थानसम्म ल्याउन सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद दिनुभयो ।

    images

    प्रतिष्ठानमा भौतिक संरचना र पूर्वाधारको अभाव रहेको रावलको भनाइ छ  । मेडिकल कलेज, छात्राबास, अस्पताल तथा शैक्षिक भवन स्टाफ क्वार्टर नहुँदा सिनियर शैक्षिक जनशक्ति व्यवस्थापनमा कठिनाइ भइरहेको भन्दै तत्काल भौतिक संरचनाको निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उपकुलपति रावलका अनुसार एमडी÷एमएस, एमबीबीएस, बीएनएस, बीएमएस, बीपीएच लगायतका कार्यक्रम सञ्चालन गर्न केन्द्रीय अस्पतालहरूसँग सम्झौता भएको छ । गंगालाल हृदयरोग केन्द्र, भेरी अञ्चल अस्पताल, बाँके, लुम्बिनी अञ्चल अस्पताल, बुटवल, सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल बाँके, मिसन अस्पताल पाल्पा, नेपाल अर्थापेडिक अस्पताल जोरपाटीसँग सम्झौता भइसकेको डा.रावलले जानकारी दिनुभयो । शिक्षातर्फ भएको प्रगतिबारे जानकारी दिदै उहाँले हाडजोर्नी विषयमा स्नाकोत्तरको नयाँ अध्ययन सुरु गरिएको बताउनुभयो । ९ वटा विविध शैक्षिक कार्यक्रम सञ्चालन भइसक्दा पनि शिक्षक कर्मचारीहरू भाडामा बस्न बाध्य हुनुपरेको उहाँले बताउनुभयो । प्रतिष्ठानले भवन अभावका कारण ६ वटा भवन भाडामा लिएको छ । रावलका अनुसार फ्याकल्टी क्वाटरहरु भने निर्माणका क्रममा  छन् ।

    ‘प्रतिष्ठानको अस्पतालमा थप छालारोग, आँखा रोग, नाक कान घाँटी, बाल दन्तरोग विशेषज्ञ सेवा बिस्तार भएको छ । नाक, कान घाँटीको अपरेशन सेवा सुरु भएको छ। हिस्टो प्याथोलोजी सेवा पनि यसै शुरु भएको छ’ समीक्षा बैठकमा रावलले भन्नुभयो, ’पाठेघरको मुखको पूर्व क्यान्सरको अवस्थालाई थर्मोकोगुलेसन पद्धतिबाट उपचार सुरु भएको छ । जन्मदेखि २८ दिनसम्मका नवजात शिशुको सघन उपचार सेवा सुचारु भएको छ।’

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार