काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशमा अध्ययनका लागि जान रोकिएका विद्यार्थीहरूका लागि चैत २५ भित्र निवेदन दिन आग्रह गरेको छ। कोरोनाका कारण रोकिएका विद्यार्थीहरूका लागि चैत २५ भित्र आवेदन माग गरेको हो।
मन्त्रालयले एक सूचना प्रकाशित गरेर कोरोना र लकडाउनले पढाइलाई निरन्तरता दिन नपाएका विद्यार्थीहरूलाई सम्पर्कमा आउन अनुरोध गरेको हो ।
कोरोना महामारी र लकडाउनका कारण चीनलगायत तेस्रो मुलुकमा अध्ययनका लागि गएका विद्यार्थी स्वदेश फर्केका थिए। विध्यार्थीहरुले मन्त्रालयको शिक्षा शाखाको इमेल technicaleud@moest.gov.np मा पनि निवेदन दिन सक्नेछन् ।