• आइतबार, १ कात्तिक २०८३
  • images

    वीर अस्पताल सुधारका लागि सरकारसमक्ष ४४ बुँदे माग

    वीर अस्पताल सुधारका लागि सरकारसमक्ष ४४ बुँदे माग

    न्याम्सका उपकुलपतिले वास्ता नगरेपछि कर्मचारीले गरे प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण

    हेल्दीखबर
    शनिबार, चैत १२ २०७८
    हेल्दीखबर
    शनिबार, चैत १२ २०७८
    वीर अस्पताल सुधारका लागि सरकारसमक्ष ४४ बुँदे माग

    काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल कर्मचारी युनियनले वीर अस्पतालको समस्याबारे प्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री समक्ष आफ्नो ४४ बुँदे माग पेश गरेको छ । 
     कर्मचारीहरुले प्रधानमन्त्री एवं कुलपती शेरबहादुर देउवा समक्ष कर्मचारीहरुको हकहित र अस्पतालको सेवा तथा सुविधा विस्तारको माग गर्दै माग पत्र पेश गरेको हो । यस्तै कर्मचारी युनियनले स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा प्रतिष्ठानका सहकुलपती विरोध खतिवडाका समक्ष पनि ४४ बुँदे मागपत्र पेश गरेको छ । 
    वीर अस्पताल कर्मचारी युनियनका सचिव दिपक मुडभरीले कर्मचारीहरुले उठाएको मागपत्रमा स्वायत्त प्रतिष्ठान ऐनको कार्यान्वयन, प्रतिष्ठान सभाको माग, दीक्षान्त समारोह, प्रतिष्ठान सेवा आयोग गठन, प्रतिष्ठान सेवा तर्फको ओएनएम सर्वे, नयाँ सर्जिकल भवन कम्तिमा १०० वेड आईसियु सहित पूर्ण रुपमा सञ्चालन, दुवाकोट परियोजना निर्माण कार्यमा तिव्रता, ब्रिगिएका उपकरण मर्मत र सञ्चालन, आकस्मिक सेवामा बिस्तार र गुणस्तरियता, रेडियोलोजी, सर्जरी, र आइसियु सेवा छिटो छरिटो र गुणस्तरिय बनाउन निर्देशन र अनुगमन लगायतको विषय रहेको जानकारी दिनुभयो ।

    उहाँले  शिक्षक तथा कर्मचारी वृत्ति विकास’स्तर वृद्धि, प्रतिष्ठान सेवाको शिक्षक तथा कर्मचारीलाई जिम्मेवारी दिंदा समानता, ट्रमा सेन्टर तथा कर्मचारी सम्बन्मा सर्वोच्च अदालतको आदेश कार्यान्वयन, सेवा विस्तार भत्ता, उपदान कोष सञ्चालन, ऐनेस्थेसिया तथा प्याथोलोजि भत्तामा समानतालगायत रहेको बताउनुभयो । 
    यस्तै प्रधानमन्त्रीलाई माग पत्र बुझाउँदै युनियनले प्रतिष्ठानका पदाधिकारीलाई आवश्यक निर्देशन दिन पनि आग्रह गरेको छ ।

    images

    युनियनले लामो समयदेखि प्रतिष्ठान पदाधिकारी समक्ष अस्पताल सुधार र कर्मचारीहरुको हकहितका लागि आवाज उठाए पनि प्रतिष्ठान पदाधिकारीले कुनै सुनुवाइ नगरेको भन्दै प्रधानमन्त्री एवम् कुलपति तथा स्वास्थ्यमन्त्री एवम् उपकुलपतिदाई ज्ञापनपत्र बुँझाउँदै निर्देशनका लागि आग्रह गरेको हो ।

    ज्ञापन पत्र बुझ्दै स्वास्थ्य मन्त्री खतिवडाले प्रतिष्ठान पदाधिकारीलाई निर्देशन दिने र नीतिगत कुरा प्रतिष्ठान सभामा लैजाने बचनवद्धता प्रकट गरेको पनि सचिव मुडभरीले बताउनुभयो ।

     

    वीर अस्पताल कर्मचारी युनियनले आफूहरुले उठाएका मागलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति र मातहतका पदाधिकारीहरुले वेवास्ता गरेपछि कर्मचारी युनियन वीर अस्पतालले सो माग प्रष्ठिानका कुलपति समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवा समक्ष पेश गरेको छ । उसले  प्रतिष्ठानको सहकुलपति समेत रहेका स्वास्थ्य मन्त्री विरोध खतिवडालाई भने भेटेरै माग पत्र बुझाएको हो ।

     

    शुक्रबार आफूहरुको ज्ञापन पत्र बुझ्ने क्रममा सहकुलपति तथा स्वास्थ्यमन्त्री बिरोध खतिवडाले तत्काल पुरा हुने मागको लागि प्रतिष्ठान पदाधिकारीलाई निर्देशन दिने जानकारी दिनुभयो । उहाँले केही समय लाग्न सक्ने नीतिगत सुधारका विषयलाई प्रतिष्ठान सभामा लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

    dipak.jpgdipak 1.jpgdipak2.jpg

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार