• मंगलबार, २६ साउन २०८३
  • images

    नेपालमा ६५० एमजीको पारासिटामोल उत्पादन हुने

    नेपालमा ६५० एमजीको पारासिटामोल उत्पादन हुने

    हेल्दीखबर
    शुक्रबार, चैत ११ २०७८
    हेल्दीखबर
    शुक्रबार, चैत ११ २०७८
    नेपालमा ६५० एमजीको पारासिटामोल उत्पादन हुने


    काठमाडौ । नेपालमा पनि ६५० एमजीको पारासिटामोल ट्याबलेट उत्पादन हुने भएको छ। यसअघि नेपालमा ५०० एमजिको पारासिटामोल उत्पादन हुने गर्दथ्यो । 
    बिहीबार बसेको औषधि सल्लाहकार समितिको ५३ औँ बैठकले नेपालमा  ६५० एमजीको पारासिटामोल उत्पादन गर्ने निर्णय गरेको हो । 
    सल्लाहकार समितिको बैठकले ६५० एमजीको पारासिटामोल दर्ता गर्न औषधि व्यवस्था विभागलाई अनुमति दिने निर्णय गरेको छ।  

    औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले  विज्ञ सल्लाहकारहरुको रायको आधारमा ६५० एमजीको आवश्यकता भएको बताउनुभयो । उहाँले अबदेखि ६५० एमजिको पारासिटामोल दर्ता गर्ने निर्णय भएको जानकारी गराउनुभयो । 
    नयाँ दर्ता हुने पारासिटामोलको मूल्य अन्तर्राष्टिय मूल्यको अनुपातमा तोकिनेछ । 
    विज्ञ सल्लाहकारहरुको राय ६५० एमजीको पारासिटामोल चाहिन्छ भन्ने धारणा आएपछि उक्त परिणाममा पारासिटामोल दर्ता गर्ने निर्णय भएको हो । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार