नवलपरासी । नवलपरासीस्थित चिसापानी अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा दिपेन्द्रप्रताप सिंहको हृदयघातबाट निधन भएको छ । विहानको डिउटी सकेर डाक्टर डिउटी सक्ने वित्तिकै आफ्नो कोठामा जानुभएका ३५ वर्षका डा सिंह मृत अवस्थामा फेला पर्नुभएको थियो ।
उहाँको ह्दयघातका कारण मृत्यु भएको बताइएको छ । अस्पतालका जनस्वास्थ्य निरीक्षक रमेशचन्द्र न्यौपानेले पोष्टमार्टम रिपोर्टले डा सिंहलाई हृदयघात भएको जानकारी दिनुभयो ।
परासी घर भएका डा सिंह करार सेवामा गत एक वर्ष देखि चिसापानी अस्पतालमा कार्यरत हुनुहुन्थ्यो । डा सिंह गत आइतवार विहान ७ बजे विहानको डिउटी सकेर अस्पताल बाहिरको क्यान्टिनमा चिया पिएर डिउटी रुम फर्किनुभएको थियो ।
सफाई गर्ने कर्मचारीले डाक्टर डिउटी रुम भित्रबाट नखुलेपछि खोजी गर्दा डा सिंह हराएको पाइएको थियो । ढोका फोडेर हेर्दा उहाँको सुतेको अवस्थामा मृत शरीर फेला परेको थियो । पोष्टमार्टम रिपोर्टले डा सिंहको मुटुका सबै भल्भ ब्लक भएकोले गम्भीर हृदयघात भएको जानकारी पाइएको थियो ।