काठमाडौ । नेपालमा कोरोना संक्रमण दुई अंकमा झरेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार अघिल्लो दिन ९१ जना संक्रमित भएकोमा आज उक्त संख्या ६८ मा झरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९२९ परीक्षण गर्दा ६८ जनामा संक्रमण पुष्टि भएको हो। पीसीआर विधिबाट ३१३५ जनामा परीक्षण गर्दा ५४ जनामा र एन्टिजेन विधिबाट १७९४ जनामा परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ६४६१ रहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ। यही अवधिमा ५३८ जना संक्रमणमुक्त भएका छन