• बुधबार, ४ कात्तिक २०८३
  • images

    नेपालमै पहिलो पटक विनाशल्यक्रिया  मुटुको भल्ब प्रत्यारोपण

    नेपालमै पहिलो पटक विनाशल्यक्रिया  मुटुको भल्ब प्रत्यारोपण

    हेल्दीखबर
    शुक्रबार, फागुन २० २०७८
    हेल्दीखबर
    शुक्रबार, फागुन २० २०७८
    नेपालमै पहिलो पटक विनाशल्यक्रिया  मुटुको भल्ब प्रत्यारोपण

    काठमाडौं । शहीद गंगालाल हृद्धय रोग केन्द्रमा शल्यक्रियाविना  मुटुको भल्ब प्रत्यारोपण भएको छ ।नेपालमै पहिलो पटक केन्द्रमा शल्यक्रिया नगरीकनै मुटुको भल्ब प्रत्यारोपण गरिएको जो। शुक्रबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले ‘ट्रान्सक्याथर इरोटिक भल्ब इम्प्लामेन्टेसन (टिएभीआई)’ विधीबाट ८० वर्षीया महिलाको सफलतापूर्वक भल्ब फेरिएको जानकारी दिनुभयो । अस्पतालका चिकित्सकहरुले १६ फागुनमा ती महिलाको टिएभीआई प्रविधीमार्फत मुटुको भल्ब प्रत्यारोपण गरेका थिए ।   टिएभीआई उपचार पद्धतिमा तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमबाट निर्मित तार अर्थात क्याथरेटरद्वारा मानव निर्मित भल्ब मुटुभित्र छिराएर रोग भएको एओर्टिक भल्बको स्थानमा प्रत्यारोपण गरिन्छ । डा. अधिकारीकाअनुसार प्रत्यारोपण गरिएको भल्बले तुरुन्तै काम गर्ने हुँदा बिरामीलाई चाडै नै आराम महसुस हुन्छ । ‘बिरामीलाई बेहोस गरी छाती र मुटु चिरी शल्यक्रिया गर्नु नपर्ने भएकाले यो पद्धतिमा कम्प्लीकेसनहरु कम हुने र बिरामीलाई चाडै डिस्चार्ज गर्न सकिने हुन्छ,’ उहाले भन्नुभयो  ‘शल्यक्रियाको तुलनामा यस पद्धतिको उपचार प्रभावकारी हुनुका साथै मृत्युदर पनि कम भएको विभिन्न अध्ययनले देखाएको छ ।’ सन् २००२ मा यो पद्धति मात्रै पहिलो पटक फ्रान्समा उपचार गरिएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार