भविष्यमा स्वास्थ्य सेवा गर्न नपाउने गरी अयोग्य
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकजना स्वास्थ्यकर्मीलाई भविष्यमा स्वास्थ्य सेवाको लागि अयोग्य ठहरिने गरी स्वास्थ्य सेवाबाट बर्खास्त गरेको छ ।
मन्त्रालयले एक सूचना जारी गर्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङका वैद्य निरीक्षक छैटौं तहमा कार्यरत शोभा दुवाडीलाई भविष्यमा स्वास्थ्य सेवाको लागि अयोग्य ठहर गर्दै स्वास्थ्य सेवाबाट बर्खास्त गरेको हो ।
कर्मचारी संकेत नम्बर १८१०६३ भएकी दुवाडीलाई लोकसेवा आयोग उजुरी तथा विभागीय सजाय परामर्श समितिको पत्र अनुसार स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ को उपदफा २ को खण्ड ख बमोजिम २०७६ पुस ११ गतेदेखि लागू हुने गरी बर्खास्त गरेको हो ।
अब दुवाडीले भविष्यमा स्वास्थ्य सेवा गर्न पाउनुहुनेछैन ।
हेरौंसूचनाः
