• बुधबार, ४ कात्तिक २०८३
  • images

    भेरोसेल खोप लगाएकालाई  बुस्टरका रुपमा कोभिशिल्ड वा अस्ट्राजेनेका लगाइने 

    भेरोसेल खोप लगाएकालाई  बुस्टरका रुपमा कोभिशिल्ड वा अस्ट्राजेनेका लगाइने 

    हेल्दीखबर
    शनिबार, माघ १५ २०७८
    हेल्दीखबर
    शनिबार, माघ १५ २०७८

    काठमाडौं  । सरकारले कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाएका ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोजको रुपमा कोभिशिल्ड वा अस्ट्राजेनेका खोप दिन मिल्ने निर्णय गरेको छ ।
    कोरोना भाइरसविरुद्ध कोभिशिल्ड, अस्ट्राजेनेका, मोडर्ना, फाइजर र भेरोसेल खोप लगाएका सबै ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बुस्टरमा कोभिशिल्ड वा अस्ट्राजेनेकाको खोप दिने स्वास्थ्य मन्त्रालयले निर्णय गरेको  हो ।
    राष्टिय खोप समितिको सल्लाह अनुसार मन्त्रीस्तरीय निर्णय गर्दै सरकारले भेरोसेल खोपको दुबै मात्रा पूरा गरेका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोजको रुपमा कोभिशिल्ड वा अस्ट्राजेनेका खोप दिने निर्णय गरेको हो ।
    मन्त्रालयले पहिलो मात्रा खोप लगाएकाहरुलाई दोस्रो मात्रा सोही खोप नभएमा कोभिशिल्ड वा अस्ट्राजेनेकाको खोप दिने पनि निर्णय गरेको छ । विदेशमा पहिलो मात्रा कोभिशिल्ड, अस्ट्राजेनेका, भेरोसेल, मोडर्ना र फाइजर खोप लगाएकालाई पनि दोस्रो डोज कोभिशिल्ड दिइने मन्त्रालयको परिवार कल्याण महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार