• शनिबार, १ कात्तिक २०८३
  • images

    स्वास्थ्यकर्मीलाई तेस्रो मात्रा खोप लगाइने

    स्वास्थ्यकर्मीलाई तेस्रो मात्रा खोप लगाइने

    हेल्दीखबर
    शनिबार, पुस २४ २०७८
    हेल्दीखबर
    शनिबार, पुस २४ २०७८
    स्वास्थ्यकर्मीलाई तेस्रो मात्रा खोप लगाइने

    काठमाडौं । सरकारले माघको पहिलो साताबाट स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोपको तेस्रो मात्रा दिन सुरु गर्ने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव  रोशन पोखरेलले अग्रपंतीमा खटिने चिकित्सक,नर्स लगायत स्वास्थ्यकर्मीलाई खोपको तेस्रो  मात्रा दिइने बताउनुभयो । 
    सचिव पोखरेलले  माघको पहिलो साताबाट चिकित्सक, नर्स सहित स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले अतिरिक्त  खोप लगाइने बताउनुभयो । यस्तै माघको दोस्रो हप्ताबाट रोग प्रतिरोधात्मक क्षमतामा कम भएका ब्यक्ति र ६० वर्षमाथिका सबैलाई अतिरिक्त खोपको मात्रा दिइने बताउनुभयो। सरकारले यसअघि पुस २० गतेबाट तेस्रो मात्रा खोप दिने घोषणा गरेको भोलिपल्टै  निर्णय स्थगित गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार