• बिहीबार , २९ असोज २०८३
  • images
    images

    ओमिक्रोन भाइरस अधिकांश देशमा पुगिसक्यो : विश्व स्वास्थ्य संगठन

    ओमिक्रोन भाइरस अधिकांश देशमा पुगिसक्यो : विश्व स्वास्थ्य संगठन

    हेल्दीखबर
    बुधबार, मंसिर २९ २०७८
    हेल्दीखबर
    बुधबार, मंसिर २९ २०७८
    ओमिक्रोन भाइरस अधिकांश देशमा पुगिसक्यो : विश्व स्वास्थ्य संगठन

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको नयाँ संस्करण ‘ओमिक्रोन’ विश्वका अधिकांश देशमा पुगिसकेको र तीव्र गतिमा फैलिइरहेको बताएको छ।हालसम्म विश्वका ७७ देशहरूमा ओमिक्रोनको पुष्टि भइसकेको छ।

    तर, डब्लुएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेब्रेयससले यो भेरयन्टलाई कम आँकिएकोमा आफू चिन्तित रहेको बताए। उनले संक्रमणसँग जुझ्न र आफ्ना स्वास्थ्य प्रणालीलाई बचाउन देशहरूलाई तीव्र गतिमा काम गर्न आग्रह गरे। पत्रकारहरुसँग कुरा गर्दै उनले ओमिक्रोनको फैलावट यसअघिका कुनै भेरियन्टमा नदेखिएको दरमा भइरहेको बताए। उनले भने, उनले भने, ‘अहिलेसम्म हामीले यो भाइरसको जोखिमलाई कम आंकलन गरिरहेको देखिएको छ। ओमिक्रोनले अहिलेसम्म संक्रमितलाई गम्भीर बिरामी नबनाए पनि तीव्र गतिमा बढ्दो केसले हाम्रो कमजोर स्वास्थ्य प्रणालीलाई असर गर्न सक्छ।’

    images

    उनले बुस्टर डोजले कोरोना फैलावट कम गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने भए पनि त्यसको प्राथमिकता मुख्य भएको बताए। ‘भाइरसबाट मृत्युको कम जोखिममा वा गम्भीर रोगको कम जोखिममा रहेकाहरूलाई बुस्टर दिनु भनेको उच्च जोखिममा परेकाहरूको जीवनलाई जोखिममा पार्नु हो, केही त आपूर्तिको अभावमा अझै पहिलो खुराक लिइरहेका छन् वा पर्खिरहेका छन्।’, उनले भने।

    विश्वका कतिपय गरिब देशका नागरिकहरुले हालसम्म पनि खोपको पहिलो मात्रा पाउन सकेका छैनन्। त्यही समयमा अमेरिका र बेलायतजस्ता देशहरूले आफ्ना नागरिकहरूलाई बुस्टर डोज दिइरहेका छन्।

    ओमिक्रोनको पहिलो केस नोभेम्बरमा दक्षिण अफ्रिकामा रिपोर्ट गरिएको थियो र त्यसपछि विश्वका धेरै देशहरूमा यसको संक्रमण बढ्दै गएको छ। ओमिक्रोनका कारण धेरै देशहरूले दक्षिण अफ्रिका र यसका छिमेकी देशहरूमा यात्रा प्रतिबन्ध लगाए तर यसले ओमिक्रोनलाई विश्वभर फैलिनबाट रोक्न सकेन।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार