काठमाडौं । ललितपुर महानगरपालिकाले कोरोनाविरुद्धको पहिलो मात्र भेरोसेल खोप लगाएकालाई आजबाट दोस्रो मात्र खोप लगाउने भएको छ।
महानगरपालिकाले दोस्रो मात्राको पर्खाइमा रहेका व्यक्तिहरुका लागि आज र भोलि भेरोसेल खोपको दोस्रो मात्र लगाउने कार्यक्रम रहेको जनाएको छ।
भेरोसेल खोपको पहिलो मात्रा लगाएको २१ दिन पुगेका व्यक्तिले आ-आफ्नो वडामा सम्पर्क गरि खोप लगाउन ललितपुरका प्रमुख प्रशासकिय अधिकृत गणेश अर्यालले बताउनुभयो ।