• शुक्रबार, ३० असोज २०८३
  • images
    उदाहरणीय जोडी

    विवाह खर्च कटाएर स्वास्थ्य चौकीलाई एक लाख १५ हजारको इसिजी मेसिन सहयोग

    विवाह खर्च कटाएर स्वास्थ्य चौकीलाई एक लाख १५ हजारको इसिजी मेसिन सहयोग

    हेल्दीखबर
    बुधबार, असोज २७ २०७८
    हेल्दीखबर
    बुधबार, असोज २७ २०७८
    विवाह खर्च कटाएर स्वास्थ्य चौकीलाई एक लाख १५ हजारको इसिजी मेसिन सहयोग


    प्युठान । विवाह बन्धनमा  बाँधिएका एक जोडीले स्वास्थ्य चौकीलाई एक लाख १५ हजार रुपियाँ बराबरको एक थान इसिजि। मेसिन सहयोग गरेका छन् । प्युठानको गौमुखी गाउँपालिका–५ ठुलाबेसीका पुष्प न्यौपाने र मदाने गाउँपालिका अग्लुङफेदी गुल्मीका सुजाता चन्दले मंगलबार भएको आफ्नो विवाहको उक्त  सहयोग पुजा स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्नुभयो । 
    न्यौपाने दम्पतीले विहेको दिनमै पूजा स्वास्थ्य चौकीको लागि एक लाख १५ हजार रुपियाँ बराबरको एक थान इ।सि।जि। मेसिन गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीलाई हस्तान्तरण गर्नुभयो ।
    न्यौपाने दम्पतीले गौमुखी गाउँपालिका भित्रका दलित बालबालिकालाई शिक्षामा पहुँच वृद्धि गर्न एक लाख २५ हजारको अक्षयकोष स्थापना गर्ने घोषणा समेत गर्नुभएको छ ।
    वैवाहिक कार्यक्रममा हुने खर्च कटौती गर्दै समाज सेवामा रकम खर्च गर्न पाउँदा खुशी लागेको नव दम्पतीको प्रतिक्रिया छ ।
    न्यौपानेले आफ्नो बुबा र हजुरबुबाबाट प्रभावित भएर आफू पनि सामाजिक कार्यमा जोडिएको बताउनुभयो ।
    साथै, न्यौपानेका हजुरबुबा लालुराम जैसीले पूजा सामुदायिक इकाईमा निर्माण गरेको प्रतीक्षालय संरक्षकत्वको लागि गाउँपालिकालाई हस्तान्तरण गर्नुभयो 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार