• शुक्रबार, ३० असोज २०८३
  • images

    दामियन फाउण्डेशनद्वारा शुक्रराज अस्पताललाई २५ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग

    दामियन फाउण्डेशनद्वारा शुक्रराज अस्पताललाई २५ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग

    बिहीबार , साउन २१ २०७८
    बिहीबार , साउन २१ २०७८
    दामियन फाउण्डेशनद्वारा शुक्रराज अस्पताललाई २५ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग

    काठमाडौं । दामियन फाउण्डेशनले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई २५ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ। कोरोना महामारीको जोखिम न्यूनीकरणमा सहयोगका लागि भन्दै फाउण्डेशनले शुक्रराज अस्पताललाई उक्त स्वास्थ्य सामग्री उपलब्ध गराएको हो। फाउण्डेशनका नेपाल प्रतिनिधि डा सुशील कोइरालाले अस्पतालका निर्देशक डा अनुप बास्तोलाई हस्तान्तरण गर्नुभयो ।
    १५ वटा प्यासेन्ट मोनिटर, ३ सय थान पीपीई सेट र २ हजार थान ग्लोब्स उपलब्ध गराएको फाउण्डेशनले जनाएको छ। कोरोनाको तेस्रो लहरलाई सहज व्यवस्थापनका लागि अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको डा कोइरालाले बताउनुभयो ।  
     
    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार