काठमाडौ । चिकित्सा शिक्षा स्नातक तहको छात्रवृति र विदेशी कोटातर्फको दोस्रो म्याचिङको नतिजा सार्वजनिक भएको छ ।
चिकित्सा शिक्षा आयोगले स्नातक तहमा सम्पूर्ण विश्वविद्यालय र अन्तर्गतका शिक्षण संस्था तथा प्रतिष्ठानहरुमा विभिन्न शैक्षिक कार्यक्रमहरुको असोज १३ गते प्रकाशित सूचना बमोजिम भर्नाका लागि छनोट भएका उम्मेदवारहरु भर्ना नभई खाली भएका सिटहरुमा दोस्रो भर्ना सूची प्रकाशित गरेको जनाएको छ ।