काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्वास्थ्य जथा जनसंख्या मन्त्रालय पाउने पक्का भएको छ। सत्तारूढ गठबन्धनबीच स्वास्थ्य मन्त्रालय एकीकृत समाजवादीलाई दिने सहमति भएको हो।
एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बिहीबार स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूलाई यसबारे जानकारी दिदै स्वास्थ्य सहित एकीकृत समाजवादीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सहरी विकास र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउनेछ।
एकीकृत समाजवादीले भोलि शुक्रबार पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने छ।
भोलि बस्ने केन्द्रीय सचिवालयको बैठकले मन्त्री हुने सांसदहरूको नाम टुंग्याउने एकीकृत समाजवादीका प्रवक्ता खतिवडाले बताउनुभयो ।