काठमाडौँ । नेपालमा हालसम्म ५० लाख भन्दा बढीले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. पौडेलले शुक्रबारसम्म नेपालमा ५० लाख ६३ हजार ५२२ जना व्यक्तिले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाइसकेको जानकारी दिनुभयो ।उहाँले ४० लाख ५२ हजार ७६५ जना व्यक्तिले कोरोनाको दोस्रो मात्रा खोप लगाइसकेको बताउनुभयो ।
हालसम्म २० लाख ५२ हजार ७७ जनाले कोभिसिल्ड एस्ट्राजेनेका खोपको पहिलो मात्रा पाएका छन् भने १० लाख ५९ हजार ७७८ जनाले पूर्ण खोप अर्थात दुबै मात्रा खोप पाइसकेका छन् । ३० लाख १२ हजार ४४५ जनाले भेरोसेल खोपको पहिलो मात्रा र १६ लाख ४५ हजार २३८ जनाले दुबै मात्रा खोप लगाइसकेका छन् । यस्तै एक मात्रा खोप लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको पूर्ण खोप १३ लाख ४७ हजार७४९ जनाले लगाइसकेका छन् ।