• सोमबार, १५ भदौ २०८३
  • images

    वीर अस्पतालमा प्रमुख एक विशेषज्ञसहित ८ सय ३१ कर्मचारीको दरबन्दी थप 

    वीर अस्पतालमा प्रमुख एक विशेषज्ञसहित ८ सय ३१ कर्मचारीको दरबन्दी थप 

    शुक्रबार, भदौ ११ २०७८
    शुक्रबार, भदौ ११ २०७८
    वीर अस्पतालमा प्रमुख एक विशेषज्ञसहित ८ सय ३१ कर्मचारीको दरबन्दी थप 


    काठमाडौँ । मुलुककै पुरानो सरकारी अस्पताल वीरमा ८ सय ३१ कर्मचारीको दरबन्दी थप भएको छ। सरकारले संघ अन्तर्गत पुल दरबन्दीमा राखेर ९३ पदका लागि ८ सय ३१ थप गरेको हो।स्वास्थ्य मन्त्रालयले तयार पारेको दरबन्दी थप गर्ने प्रस्ताव सामान्य प्रशासन मन्त्रालय हुँदैं मन्त्रिपरिषद्को प्रशासन समितिबाट छलफल भएको थियो। त्यहाँबाट पास भएर मन्त्रिपरिषद्मा पुगेको उक्त प्रस्तावलाई २१ असारमा पास भएको हो। सरकारले मन्त्रिस्तीय निर्णय गर्दै १२ औं तहको एक जना प्रमुख विशेषज्ञ पद थप गरेको छ। 
    त्यसैगरी, ११ औं तहको सहसचिव, प्रमुख कन्सल्टेन्ट कार्डियोलोजिष्ट, प्रमुख कन्सल्टेन्ट इण्डोत्राइनोलोजिष्ट, प्रमुख कन्सल्टेन्ट चेष्ट डिजिज (फिजिसियन) , प्रमुख कन्सन्ल्टेण्ट हेपाटोलोजिष्ट (फिजिसियन), प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जन , अर्थोपेडिक ( स्पाइन सर्जरी) , प्रमुख सर्जन युरो सर्जन, थोरासिक सर्जरी, ग्याष्ट्रो इन्टेरो , न्युरो सर्जरी, डेन्टल सर्जन र प्रमुख अस्पताल नर्सिङ प्रशासक एक–एक जना दरबन्दी थप गरिएको छ।
    त्यस्तै, ९–१० औं तहका लागि जनरल मेडिसिन, कार्डियोलोजी, नेफ्रोलोजी, ग्याष्टो इन्टेरोलोजी, इन्डोक्राइनोलोजी, चेष्ट डिजिजेज, जेरियाट्रिक मेडिसिन , र्युमाटोलोजी, हेमाटोलोजीका लागि दरबन्दी थप गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ५,६,७ औं तहका लागि ५६६ स्टाफ नर्स थप गरिएको छ।यो सँगै अब यसअघि वीरमा ६८७ जनामा ८३१ जनाको थप गरेर १५१८ दरबन्दी पुगेको छ।
    त्यसैगरी, सरकारले वीर अस्पतालमा बेड संख्या बढाएर ९६६ पु¥याएको छ । यसअघि वीरले ४६० बेड मात्रै सञ्चालन गर्न स्वीकृत पाएको थियो।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार