• शनिबार, १ कात्तिक २०८३
  • images

    सगरमाथा प्रदूषण नियन्त्रण समितिको अध्यक्षमा शेर्पा 

    सगरमाथा प्रदूषण नियन्त्रण समितिको अध्यक्षमा शेर्पा 

    बिहीबार , असोज १५ २०८३
    बिहीबार , असोज १५ २०८३
    सगरमाथा प्रदूषण नियन्त्रण समितिको अध्यक्षमा शेर्पा 

    सोलुखुम्बु १५ असोज । सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) को अध्यक्षमा लामा काजी शेर्पा सर्वसम्मत निर्वाचित हुनुभएको छ।

    समितिको ३३औँ वार्षिक साधारण सभाले शेर्पाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

    images

    नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा डोल्मा छिरिङ शेर्पा, महासचिवमा पेम्बा छिरी शेर्पा र कोषाध्यक्षमा ङिमा नुरु शेर्पा चयन हुनुभएको छ। सदस्यमा आङमाया शेर्पा, ङिमा याङजी शेर्पा, पासाङ नुरु शेर्पा, पेमा ओङ्गेल शेर्पा, पेमा छोसाङ शेर्पा, छेतेन डोमा शेर्पा र छिरिङ किन्जु शेर्पा चयन हुनुभएको एसपीसीसी नाम्चेले जनाएको छ।

    नवनिर्वाचित अध्यक्ष लामा काजी शेर्पाले सगरमाथा क्षेत्रको स्वच्छता तथा प्रदूषण नियन्त्रण, हिमाली वातावरण संरक्षण र दिगो पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    उहाँले स्वच्छ सगरमाथा, सुरक्षित हिमाल र दिगो पर्यटन’ अभियानलाई प्रभावकारी रूपमा अघि बढाउँदै सगरमाथा क्षेत्रको वातावरण संरक्षण र व्यवस्थापनमा योगदान पुर्‍याउने बताउनुभयो।

    सगरमाथा क्षेत्रमा बढ्दो पर्यटकीय गतिविधिसँगै उत्पन्न हुने फोहोर व्यवस्थापन तथा हिमाली वातावरण संरक्षण समितिका प्रमुख कार्यक्षेत्र रहँदै आएका छन्। समितिले स्थापना कालदेखि सगरमाथा क्षेत्रको सरसफाइ, फोहोर व्यवस्थापन तथा पर्यटन क्षेत्रको विकासमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

    नयाँ कार्यसमितिले आगामी कार्यकालमा सगरमाथा क्षेत्रको स्वच्छता, वातावरण संरक्षण र पर्यटन व्यवस्थापनका क्षेत्रमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार