• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

    अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा 

    अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा 

    शुक्रबार, असोज २ २०८३
    शुक्रबार, असोज २ २०८३
    अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा 

    काठमाडौँ, २ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा अतिरिक्त सचिवका रूपमा कार्यरत डा. संगीता कौशल मिश्राको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ ।

    मन्त्रिपरिषद्को बैठकले डा. मिश्रालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णयपछि उहाँले शुक्रबार प्रधानमन्त्री कार्यालयमा पुगेर नयाँ जिम्मेवारी सम्हाल्नुभएको छ ।

    प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार पछिल्लो समय उत्पन्न विपद् तथा त्यसपछिको अवस्थालाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न डा. मिश्रालाई कार्यालयमा ल्याइएको हो । विपद्पछिको राहत, पुनःस्थापना तथा विभिन्न निकायबीचको समन्वयलगायतका विषयमा उहाँलाई विशेष जिम्मेवारी दिइने बताइएको छ ।

    स्वास्थ्य क्षेत्रमा लामो समयदेखि कार्यरत डा. मिश्रासँग स्वास्थ्य प्रशासन तथा व्यवस्थापनका क्षेत्रमा काम गरेको अनुभव छ । उहाँले स्वास्थ्य मन्त्रालयमा रहँदा मन्त्रालयअन्तर्गतका विभिन्न प्रशासनिक तथा स्वास्थ्यसम्बन्धी जिम्मेवारी सम्हाल्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार