• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

    नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

    नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

    शुक्रबार, असोज २ २०८३
    शुक्रबार, असोज २ २०८३
    नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

    काठमाडौँ, २ असोज । नेपाल मेडिकल काउन्सिलमा पाँच जना नयाँ सदस्य नियुक्त भएका छन् ।

    स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता समक्ष नवनियुक्त सदस्यहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो।

    मेडिकल काउन्सिलको सदस्यमा डा. गोपालकुमार चौधरी, डा. प्रतिभा बिष्ट रोका, डा. श्यामेन्द्रबहादुर सिंह, डा. बोधविक्रम कार्की र डा. सुभित मास्के नियुक्त हुनुभएको छ।

    नियुक्तिपछि आयोजित कार्यक्रममा पाँचै जना सदस्यले काउन्सिलको जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धतासहित पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो।

    मेडिकल काउन्सिलले चिकित्सकीय शिक्षा, चिकित्सक दर्ता तथा नियमन, चिकित्सा पेसाको व्यावसायिक आचरण र गुणस्तर कायम गर्ने लगायतका महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएको छ। काउन्सिलमा नयाँ सदस्य नियुक्त भएसँगै नियमन तथा व्यवस्थापनका कामलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    शपथ ग्रहण कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अधिकारी तथा नेपाल मेडिकल काउन्सिलका पदाधिकारीको उपस्थिति रहेको थियो।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार