• आइतबार, १४ भदौ २०८३
  • images

    देशभर जलन उपचार सेवा विस्तार गर्न प्रधानमन्त्रीको जोड

    देशभर जलन उपचार सेवा विस्तार गर्न प्रधानमन्त्रीको जोड

    मंगलबार, असार ३० २०८३
    मंगलबार, असार ३० २०८३
    देशभर जलन उपचार सेवा विस्तार गर्न प्रधानमन्त्रीको जोड

    काठमाडौँ, ३० असार । प्रधानमन्त्री वालेन्द्र शाहले देशभरका जलनका बिरामीले सहज, गुणस्तरीय र विशेषज्ञ उपचार सेवा प्राप्त गर्ने सुनिश्चितताका लागि सातै प्रदेशमा सुविधासम्पन्न जलन उपचार केन्द्र स्थापना गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।

    सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग भएको छलफलका क्रममा प्रधानमन्त्री शाहले प्रमुख सरकारी अस्पतालमा सञ्चालनमा रहेका जलन उपचार सेवासमेत थप प्रभावकारी र सुदृढ बनाउन आवश्यक तयारी गर्न निर्देशन दिनुभएको हो।

    उहाँले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै विशेषज्ञ उपचार पाउने व्यवस्था सुनिश्चित गर्न संघ, प्रदेश सरकार तथा सम्बन्धित स्वास्थ्य संस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो।

    छलफलमा सहभागी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९नाम्स० का उपकुलपति प्रा। डा। विवेक आचार्यका अनुसार प्रधानमन्त्री शाहले हाल जलन उपचार सेवा सञ्चालन गरिरहेका अस्पतालमा सेवा विस्तार र गुणस्तर अभिवृद्धि गर्न तथा सातै प्रदेशमा जलनका बिरामीको उपचारका लागि आवश्यक पूर्वाधार विकास गर्न निर्देशन दिनुभएको थियो।

    प्रधानमन्त्री शाहले अस्पतालको समग्र सेवा प्रवाह सुधार गर्नुपर्नेमा पनि विशेष चासो व्यक्त गर्नुभयो। उहाँले अस्पतालमा सरसफाइको स्तर उच्च बनाउन, बिरामीले सहज रूपमा सेवा प्राप्त गर्ने वातावरण सिर्जना गर्न तथा अनावश्यक भिड व्यवस्थापनका प्रभावकारी उपाय अवलम्बन गर्न निर्देशन दिनुभयो।

    प्रा. डा. आचार्यका अनुसार हाल गम्भीर प्रकृतिका जलनका बिरामी सीमित अस्पतालमा मात्रै उपचारका लागि केन्द्रित हुनुपर्ने अवस्था रहेकाले प्रत्येक प्रदेशमा कम्तीमा एउटा सुविधासम्पन्न जलन उपचार केन्द्र स्थापना गर्नु आवश्यक रहेको धारणा प्रधानमन्त्री शाहले व्यक्त गर्नुभएको थियो।

    छलफलका क्रममा प्रा.डा.आचार्यले वीर अस्पतालले भोगिरहेका आर्थिक तथा व्यवस्थापकीय समस्याबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो। उहाँले अस्पतालको आर्थिक अवस्था कमजोर बन्दै जाँदा सेवा सञ्चालनमा समेत प्रत्यक्ष असर पर्न सक्ने अवस्था सिर्जना भएको जानकारी गराउनुभयो।

    छलफलमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) का उपकुलपति प्राडा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा. नविसमानसिंह प्रधान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा. अजयकुमार मिश्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. नारायणसिंह गुरुङ तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति डा. स्मृति काफ्ले सहभागी हुनुहुन्थ्यो।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार