• शनिबार, १ कात्तिक २०८३
  • images

    अस्पताल जाने बाटोमा महिलाको शव

    अस्पताल जाने बाटोमा महिलाको शव

    सोमबार, असार ८ २०८३
    सोमबार, असार ८ २०८३
    अस्पताल जाने बाटोमा महिलाको शव

    रुकुम पश्चिम, ८ असार । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ सल्ले क्षेत्रमा एक महिलाको शव फेला परेको छ। आइतबार बिहान स्थानीयवासीले सडक छेउमा महिलालाई मृत अवस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए।

    जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार मृतकको पहिचान बाँफिकोट गाउँपालिका–१० झुलाघर स्थायी घर भई हाल मुसिकोट नगरपालिका–५ थर्पुस्थित माइतीघरमा बसोबास गर्दै आउनुभएकी ६२ वर्षीया कमला खत्रीका रूपमा भएको छ।

    images

    उहाँको साथबाट नागरिकता तथा सामाजिक सुरक्षा भत्ता प्राप्तिसम्बन्धी कागजात फेला परेपछि शवको पहिचान गर्न सहज भएको र तत्काल आफन्तलाई जानकारी गराइएको प्रहरीले जनाएको छ। खत्री विगत करिब पाँच वर्षदेखि थर्पुस्थित माइतीघरमा बस्दै आउनुभएको बताइएको छ।

    प्रहरीका अनुसार थर्पुबाट जिल्ला अस्पताल सल्लेतर्फ जाने क्रममा बाटोमै उहाँको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि मृत्युको वास्तविक कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

    हाल शव जिल्ला अस्पताल सल्लेमा राखिएको छ। आफन्तको उपस्थितिमा कानुनी प्रक्रिया पूरा गरी शवको परीक्षण ९पोस्टमार्टम० गरिनेछ। पोस्टमार्टम प्रतिवेदन प्राप्त भएपछि मृत्युको कारणबारे थप विवरण खुल्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार