काठमाडौं, १८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद बसुमाया तामाङ संसद भवनको भर्याङबाट लडेर घाइते हुनुभएको छ।
खुट्टामा चोट लागेपछि उहाँलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको छ।
सांसद तामाङका पारिवारिक सदस्य सबिना गुरुङका अनुसार सोमबार संसद बैठक सम्पन्न भएपछि भवनबाट बाहिरिने क्रममा उहाँलाई रिँगटा लागेको थियो। त्यसपछि भर्याङबाट ओर्लने क्रममा लड्दा खुट्टामा चोट लागेको हो।
संसद भवनको भर्याङबाट ओर्लने क्रममा उहाँलाई रिँगटा लागेको थियो। त्यसपछि लड्दा खुट्टामा चोट लागेको छ र खुट्टा सुन्निएको छ, तामाङले भन्नुभयो ।
उहाँलाई चिकित्सकको निगरानीमा राखेर आवश्यक परीक्षण तथा उपचार अघि बढाइएको छ।
सांसद तामाङ लामो समयदेखि मुटुसम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो ।