काठमाडौँ, २४ बैशाख । वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी प्राडा प्रभा कोइराला चापागाईँले पाउनुभएको छ ।
स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै अर्को व्यवस्था नभएसम्मका लागि प्राडा कोइरालालाई निमित्त निर्देशकको जिम्मेवारी दिनुभएको हो ।
डा. कोइराला कार्डियोलोजिष्ट हुनुहुन्छ ।
वीरका निर्देशक डा दिलिप शर्माले राजिनामा दिएपनि निर्देशक पद खाली थियो। यसअघि अध्यादेशबाट चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का सबै पदाधिकारीहरु पदमुक्त भइसकेका छन् ।
रिक्त निर्देशक पदमा बरिष्ठता तथा कार्यक्षमताको आधारमा कोइरालालाई दिने निर्णय गरेको मन्त्री मेहताको सचिवालयले जनाएको छ ।