• शनिबार, १ कात्तिक २०८३
  • images

    कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा आंशिक बदली

    कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा आंशिक बदली

    मंगलबार, वैशाख १५ २०८३
    मंगलबार, वैशाख १५ २०८३
    कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा आंशिक बदली

    काठमाडौँ, १५ वैशाख । देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भाग नजिक रहेको न्यून चापीय क्षेत्रको आंशिक असर देखिएको छ। यसकै प्रभावका कारण सोमबार देशका विभिन्न स्थानमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी क्षेत्रहरूमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

    images

    आज राति भने मौसममा केही परिवर्तन आउने सम्भावना छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा कोशी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। साथै मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रमा पनि एक–दुई स्थानमा यस्तै खालको वर्षा हुने सम्भावना रहेको छ।

    विशेषगरी कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भाग र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा वा हिमपात हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार