• बुधबार, ४ कात्तिक २०८३
  • images
    विश्व क्षयरोग दिवस

    नेपालमा २०३५ सम्म महामारी अन्त्य गर्ने लक्ष्य

    नेपालमा २०३५ सम्म महामारी अन्त्य गर्ने लक्ष्य

    सोमबार, चैत ९ २०८२
    सोमबार, चैत ९ २०८२
    नेपालमा २०३५ सम्म महामारी अन्त्य गर्ने लक्ष्य

    काठमाडौं ९ चैत । हरेक वर्ष मार्च २४ का दिन विश्वभर विश्व क्षयरोग दिवस मनाइन्छ। नेपालमा पनि सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने तथा सन् २०५० सम्म देशलाई क्षयरोगमुक्त बनाउने लक्ष्यसहित यो दिवस मनाइँदै आएको छ।

    यस वर्ष ‘हो, हामी क्षयरोग अन्त्य गर्छौंस् राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ। यस नाराले राष्ट्रिय अभियान, साझा जिम्मेवारी तथा जनसहभागिताको महत्वलाई स्पष्ट रूपमा उजागर गरेको राष्ट्रिय क्षयरोग केन्द्र ले जनाएको छ।

    images

    नेपालमा क्षयरोग अझै पनि प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको छ। यो एक संक्रामक रोग हो, जसले हरेक वर्ष हजारौं मानिसलाई प्रभावित पारिरहेको छ। विश्व स्वास्थ्य संगठन का अनुसार सन् २०२४ मा नेपालमा अनुमानित ६७ हजार नयाँ क्षयरोगका बिरामी रहेका छन्, जसको दर प्रति एक लाख जनसंख्यामा २२७ रहेको छ। साथै, हरेक वर्ष करिब १६ हजार जनाको क्षयरोगका कारण मृत्यु हुने अनुमान गरिएको छ, जसको मृत्यु दर प्रति एक लाखमा ५३ रहेको छ।

    गत आर्थिक वर्ष २०८१र८२ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा औषधि–संवेदनशील क्षयरोगका ३९ हजार १५१ बिरामी पहिचान गरी उपचार गरिएको थियो। तीमध्ये ३९ प्रतिशत महिला, ६१ प्रतिशत पुरुष र ५।६ प्रतिशत १५ वर्षमुनिका बालबालिका रहेका थिए। उपचारमा रहेका बिरामीमध्ये ७२ प्रतिशतमा फोक्सोसम्बन्धी क्षयरोग र २८ प्रतिशतमा फोक्सोबाहेक अन्य अंगमा हुने क्षयरोग देखिएको थियो।

    यसैगरी, औषधि–प्रतिरोधी क्षयरोगका ६२५ बिरामी पहिचान गरिएको थियो। उपचार सफलता दर औषधि–संवेदनशील क्षयरोगमा ९२ प्रतिशत र औषधि–प्रतिरोधी क्षयरोगमा ७६ प्रतिशत रहेको छ।

    राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा। भुवन पौडेल का अनुसार नेपालले पछिल्ला वर्षहरूमा क्षयरोग नियन्त्रणमा उल्लेखनीय प्रगति हासिल गरेको छ। हाल देशभरका ६,२४१ स्वास्थ्य संस्थामा क्षयरोग उपचार सेवा उपलब्ध छ भने ७८५ संस्थामा माइक्रोस्कोपी सेवा र १४२ संस्थामा द्रुत परीक्षण सेवा निःशुल्क रूपमा सञ्चालनमा छन्।

    साथै, औषधि–प्रतिरोधी क्षयरोग उपचारका लागि ३१ केन्द्र र ९८ उपकेन्द्र सञ्चालनमा रहेका छन्। १४९ स्थानीय तहमा ‘क्षयरोगमुक्त नेपाल अभियान’ विस्तार गरिएको छ भने एआई जडित ९ वटा डिजिटल एक्स–रेमार्फत समुदायस्तरमा सक्रिय बिरामी खोजी कार्य निरन्तर रूपमा सञ्चालन भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार