काठमाडौं, २१ पुस । विराटनगरस्थित कोशी अस्पतालको निर्देशकको जिम्मेवारी डा रामनारायण चौधरीलाई दिइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै कोशी अस्पतालको निर्देशक चौधरीलाई दिने निर्णय गरेको हो ।
चौधरी कोशी अस्पतालमा बाल रोग विशेषज्ञको रुपमा कार्यरत हुनुहुन्छ ।
उहाँलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७८ पुस २७ गते प्रमुख कन्सल्टेण्ट पेडिडयाट्रिसियन एघारौ तहमा बढुवा गरेको थियो ।
डा चौधरीलाई निर्देशकको जिम्मेवारी दिएसँगै डा रुना झालाई स्वास्थ्य मन्त्रालयमा ल्याउने निर्णय गरुएको छ।