• आइतबार, १४ भदौ २०८३
  • images

     यसरी सम्भव भयो वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको दुर्लभ न्यूरो शल्यक्रिया 

     यसरी सम्भव भयो वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको दुर्लभ न्यूरो शल्यक्रिया 

    बुधबार, पुस १६ २०८२
    बुधबार, पुस १६ २०८२
     यसरी सम्भव भयो वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको दुर्लभ न्यूरो शल्यक्रिया 

    काठमाडौँ, १६ पुस । महाबौद्धस्थित वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको विश्वमै नगन्य मात्रामा हुने दुर्लभ न्यूरो शल्यक्रिया सफल भएको छ । 


    अस्पतालका न्यूरो विभाग प्रमुख डा.राजिव झाको नेतृत्वमा उक्त शल्यक्रिया सम्पन्न भएको हो । काठमाडौँ कोटेश्वर निवासी १०३ वर्षकी तोरणकुमारी बानियाँको मस्तिष्कघातको सफल शल्यक्रिया भएको हो । 


    पछिल्लो एक महिनादेखि बानियाँलाई टाउको दुख्ने र पटक–पटक लड्ने समस्या देखिएको थियो। परिवारले सुरुमा यसलाई उमेर अनुसारको समस्या होला भनेर लिएका थिए । परिवारले सामान्य कमजोरीका कारण त्यस्तो भएको भन्ने ठानेको थियो । पछिल्लो समय दुई दिनसम्म लगातार अचेत अवस्थामा रहेपछि उहाँलाई अन्य अस्पताल लगिएको थियो  ।


    वीर अस्पतालका न्यूरो विभाग प्रमुख प्राडा. राजिव झाले १०३ वर्षको उमेरमा विश्वमै कम मात्रामा यस्तो शल्यक्रिया हुने जानकारी दिनुभयो। 


    हामीले विश्वमा दुर्लभ मानिएको शल्यक्रिया गरेका छौँ,डा.झाले भन्नुभयो,“वृद्ध उमेरमा शल्यक्रिया अत्यन्तै जटिल मानिन्छ ।”


     बिरामीले पनि सधैं वीर अस्पतालको नाम लिने भएकोले उहाँलाई वीरमा ल्याइएको थियो । अस्पताल आइपुग्दा उहाँ अचेत अवस्थामा नै हुनुहुन्थ्यो ।  विस्तृत परीक्षणपछि उहाँको  मस्तिष्कमा धेरै ठूलो रक्तस्राव  भएको पत्ता लाग्यो । 


     शल्यक्रियामा सहभागी डा नम्रता खड्काले उहाँलाई तत्काल न्यूरो शल्यक्रिया आवश्यक रहेको जानकारी दिदै  अत्यन्तै उच्च र नाजुक उमेरमा मस्तिष्क शल्यक्रिया गर्नु चिकित्सकीय र नैतिक दुवै दृष्टिले ठूलो चुनौती रहेको बताउनुभयो । 
     बिरामीको परिवारले उहाँको  बाँच्ने आशा नै गुमाइसकेको थियो। 

     

    यो उमेरमा मस्तिष्कको शल्यक्रिया सफल हुनु भनेको विश्वकै लागि उदाहरण हो, अस्पतालका न्यूरो विभाग प्रमुख डा.राजिव झाले भन्नुभयो,“१०३ वर्षमा शल्यक्रिया गर्दा धेरै चुनौतिहरु आउँछन्, विश्वमा बढ्दो उमेरमा शल्यक्रिया हुदैँन ।”


    कोटेश्वर निवासी १०३ वर्षीया वृद्धालाई चार दिनअघि अचेत अवस्थामा वीर अस्पतालको आपतकालीन कक्षमा ल्याइएको थियो । उहाँले जीवनभरि आफ्ना स्वास्थ्य समस्याका लागि कहिल्यै पनि कुनै अस्पतालमा उपचार गराउनुसमेत भएको थिएन । 
    उहाँको मस्तिष्कमा अत्यधिक रगत जमेको थियो । रक्तश्राप हुने सम्भावना उत्तिकै थियो, यो अवस्थमा शल्यक्रियाबाहेक अन्य विकल्प थिएन ।


    यस्ता केही मात्र केसहरू रिपोर्ट भएका छन्, डा.झाले भन्नुभयो,“वीर अस्पतालको न्यूरोसर्जरी विभागले असाधारण उपलब्धि हाँसिल गरेको छ ।” 


     न्यूरोसर्जरी विभागको टोलीभित्र गहिरो छलफल तथा बिरामीका परिवारसँग विस्तृत परामर्शपछि शल्यक्रिया गर्ने सामूहिक निर्णय गरिएको थियो ।


    १०३ वर्षीया वृद्धको शल्यक्रिया पश्चात बिरामीमा उल्लेखनीय सुधार देखिएको छ । 
     शल्यक्रिया प्राडा. राजीव झाको नेतृत्वमा डा. समीर आर्याल, डा. नम्रता खड्का , डा. आयुष बिमली, नर्स सिन्धु गौतम लगायतको समूहले गरेको थियो । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार