• सोमबार, १५ भदौ २०८३
  • images

    वरिष्ठताको आधारमा ट्रमा सेन्टरको प्रमुखमा डा. रुद्र मरासिनी नियुक्त

    वरिष्ठताको आधारमा ट्रमा सेन्टरको प्रमुखमा डा. रुद्र मरासिनी नियुक्त

    आइतबार, पुस १३ २०८२
    आइतबार, पुस १३ २०८२
    वरिष्ठताको आधारमा  ट्रमा सेन्टरको प्रमुखमा डा. रुद्र मरासिनी नियुक्त

    काठमाडौँ, १३ पुस । राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरीटेण्डेन पदमा  डा. रुद्र मरासिनी नियुक्त हुनुभएको छ ।

    स्वास्थ्य मन्त्री डा. सुधा शर्मा गौतमले मन्त्रीस्तीय निर्णय गर्दै डा. मरासिनीलाई वरिष्ठताको आधारमा ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरीटेण्डेनमा नियुक्त गर्नुभएको हो ।

    एघारौं तहमा कार्यरत मरासिनी ट्रमा सेन्टरमा सबैभन्दा वरिष्ठ हुनुहुन्छ।

     डा. मरासिनी यसअघि पनि ट्रमाको प्रमुख भइसक्नुभएको थियो ।


    मरासिनीले  ट्रमा सेन्टरको प्रमुखको रुपमा  जिम्मेबारी सम्हालेको जानकारी दिदै आफुले सबैलाई समेटेर अघि बढ्ने  बताउनुभयो ।

    उहाँले हेल्दी खबरसंग कुरा गर्दै आफू जेनजीको भावनाअनुरूप अगाडी बढ्ने प्रतिक्रिया दिनुभयो ।

    स्वास्थ्य मन्त्री शर्माले वरिष्ठताको आधारमा डा मरासिनीलाई नियुक्त गर्ने बताउदै आउनुभएको थियो। आफू कानुन अनुसार चल्ने भएकोले मरासिनीलाई वरिष्ठताको आधारमा प्रमुख मेसुमा नियुक्त गरेर थिती बसाउने उहाँको भनाइ थियो।


    यसअघि सेन्टरका प्रमुख  डा. बद्री  रिजाल हुनुहुन्थ्यो ।

    रिजाल नेपाल चिकित्सक संघको आसन्न निर्वाचनमा अध्यक्ष पदको उम्मेद्धार बनेपछि उहाँले  राजिनामा दिनुभएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार