• आइतबार, १४ भदौ २०८३
  • images

    मेडिकल काउन्सिलको निर्वाचनमा ६ हजार आठसय मत खस्यो

    मेडिकल काउन्सिलको निर्वाचनमा ६ हजार आठसय मत खस्यो

    सोमबार, पुस ७ २०८२
    सोमबार, पुस ७ २०८२
    मेडिकल काउन्सिलको निर्वाचनमा ६ हजार आठसय मत खस्यो

    काठमाडौं, ७ पुस । नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा कुल ६ हजार ८४६ मत खसेको छ। 
    १ उपाध्यक्ष र ८ सदस्यका लागि पुस ४ र ५ गते भएको निर्वाचनमा ६ हजार ८४६ मत खसेको हो । 

    काउन्सिलका रजिस्ट्रार डा सतिश देवले सबैभन्दा धेरै मत भरतपुर अस्पतालमा रहेको मतदान केन्द्रमा खसेको बताउनुभयो ।

    भरतपुर केन्द्रमा मात्रै ९६६ मत खसेको थियो। 


    काउन्सिलको निर्वाचनका लागि २१ मतदान केन्द्र तोकिएको थियो। काठमाडौंमा हुने निर्वाचनका लागि पुष ११ र १२ गते मिति तोकिएको छ। 

    कहाँ कति मत खस्यो ?
    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान – ८०० 
    हेटौंडा हस्पिटल – १३९ 
    लहान हस्पिटल  –१३० 
    बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान – ५८१ 
    गजेन्द्र नारायण सिंह अस्पताल, सप्तरी – ८७ 
    मेची प्रादेशिक अस्पताल भद्रपुर,झापा – २७५ 
    प्रादेशिक अस्पताल जनकपुर – ६१७
    नारायणी हस्पिटल, वीरगन्ज – ४९१ 
    कोशी हस्पिटल विराटनगर – ९२५
    लुम्बिनी प्रादेशिक हस्पिटल, बुटवल – ४३२
    भरतपुर हस्पिटल चितवन – ९६६
    पाल्पा हस्पिटल तानसेन –११५
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही – १८८
    कर्णाली प्रादेशिक अस्पताल – १२३
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला – ९२
    भीम हस्पिटल, भैरहवा – २७१
    धनगढी हस्पिटल  – २९६
    भेरी हस्पिटल नेपालगञ्ज – ३१८

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार